पेट्रोलको मूल्य फेरि बढ्यो

0
173
भाद्र ३, २०७५ नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल/मट्टितेलमा २/२ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ११ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेल/प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समेत प्रति लिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

LEAVE A REPLY