रिलिजअगावै चर्चा

0
242

भ्लगमार्फत देश–विदेशमा हजारौँ प्रशंसक कमाएका धीरज मगर हिरो भएका छन् । फिल्म हो, इन्टु मिन्टु लन्डनमा । चकलेटी लुक्सका धीरजलाई पहिलो फिल्ममै गिनेचुनेकी हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गर्ने मौका जुर्‍यो । अनुमान थियो, साम्राज्ञीको छायामा पर्नेछन्, धीरज । तर, यथार्थ त्यस्तो छैन । बरु धीरजकै चर्चा बढी हुन थालेको छ । ‘उडायो हावाले…’ र ‘लन्डनमा…’ गीत रिलिज भएसँगै उनीतिर धेरैको ध्यान तानिएको हो । दुवै गीतमा ‘कुल’ लाग्छन् उनी । कतिपयले त उनलाई अनमोल केसीलाई ‘रिप्लेस’ गर्ने ल्याकत भएको हिरोका रुपमा लिन थालेका छन् । तर, उनको अभिनयको जादू कत्तिको चल्छ, ५ असोजमा इन्टु मिन्टु लन्डनमा प्रदर्शन भएपछि नै थाहा हुनेछ ।

 

LEAVE A REPLY