संघीय संसद्को बजेट अधिवेशन सकियो, १ सय ३५ बैठकमा के के भए ?

0
236

काठमाडौँ — संघीय संसद्को बजेट अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको अन्तमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए । उक्त पत्रअनुसार संसद् अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुनेछ ।

त्यसअघि सभामुख महराले दोस्रो अधिवेशनमा भए/गरेका कामकारबाहीबारे संक्षिप्त जानकारी दिएका थिए । यो अधिवेशनको पहिलो बैठक गत वैशाख २१ गते प्रारम्भ भएको थियो।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा बिहीबारसम्ममा १ सय ३५ दिन बैठक बसेको सभामुख महराले जानकारी गराए। उनका अनुसार जेठ ७ देखि असार ८ सम्म राष्ट्रियसभा र प्रतिनिधिसभाको चार पटक संयुक्त बैठक बसेको छ। यो अधिवेशनबाट संसद् नियमावली पारित, सरकारको नीति तथा कार्यक्रम छलफलपछि पारित, दुवै सदनका विषयगत समितिहरु गठन गरी सभापति चयन लगायतका महत्वपूर्ण कार्य गरेको सभामुख महराले जानकारी दिए।

अधिवेशन अवधिमा महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएको, विकास निर्माण र चिकित्सा शिक्षामा बढ्दै गएको विसंगति नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल भएको उनले बताए।

सभामुख महराले संसद्काे विशेष र शून्य समयमा सांसदहरुदले उठाएका सडकको अवस्था सुधार, मूल्य नियन्त्रण, सुशासनलगायत विषयमा सरकारको पुन: ध्यानाकर्षण गर्ने बताए।

LEAVE A REPLY