तीन वर्षपछि बिक्यो अनुदानको तेल

0
274

आश्विन २२, २०७५ चीन सरकारले अनुदानमा दिएको खाने तेल तीन वर्षपछि बिक्री भएको छ । चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराएको तेल बिक्री नहुँदा गोदामै बिग्रिन थालेपछि आजबाट कच्चा प्रदार्थको रुपमा बिक्री गरिएको हो । अनुदान स्वरुप प्राप्त तेल आज बिक्री शुरु गरेको खाद्य संस्थानका अञ्चल प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । २०७२ को भूकम्पमा चीन सरकारले १० हजार ६ सय लिटर तेल अनुदान स्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको थियो । चीनले ५३ वटा ड्रममा तेल पठाएको थियो । ती ड्रममा लेबल समेत उल्लेख नभएको तथा सबै चिनियाँ अक्षरमा लेखिएकाले केको तेल भन्ने बारे जानकारीमा नभएको संस्थाले जनाएको छ ।

LEAVE A REPLY