पाँच दिनभित्र उखु किसानको भुक्तानी गर्न उद्योगीलाई सरकारको निर्देशन

0
212

सरकारले उखु उत्पादक किसानले पाउनुपर्ने बक्यौता रकम ५ दिनभित्र भुक्तानी गर्न चिनी उद्योगलाई निर्देशन दिएको छ । सरोकारवाला मन्त्रालयबीच सिंहदरबारमा आज बसेको बैठकले ५ दिन भित्र बक्यौता भुक्तानी गर्न चिनी उद्योगीाई निर्देशन दिएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले जानकारी दिनुभयो । चाडपर्व नजिकिंदा समेत उखु किसानले भुक्तानी नपाएको गुनासो आएपछि सरकारले ५ दिन भित्र बक्यौता भुक्तानी गर्न चिनी मिललाई निर्देशन दिएको हो । अर्थमन्त्री युवराज खतिवडा, कृषि मन्त्री खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, वन तथा वातावरण शक्ति बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित तथा विभागीय सचिवबीच सिंहदरवारमा भएको बैठकले यस्तो निर्देशन दिएको कृषि मन्त्री खनालले जानकारी दिनुभयो ।

LEAVE A REPLY