चुनावको लफडा सकियो अब ध्यान विकासतर्फ : दाहाल

0
299

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब पार्टीका नेता बामदेव गौतम चुनाव उठ्ने विषय समाप्त भएको बताएका छन् । ‘बामदेवजी नै लड्दिनँ भन्नुभयो अब यो विषयको लफडा सकियो,’ शुक्रबार राजधानीको आलापोटमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘अब हामी मुलुकको विकासकै लागि सक्रिय हुने हो ।

त्यही योजनाअनुसार सांसदबाट राजीनामाका लागि मानन्धरको स्वीकृति पत्र सचिवालयमा पेस भएको थियो । तर, उक्त विषय बाहिर आउनेवित्तिकै पार्टीभित्र र बाहिर तीव्र आलोचना भयो । गौतम आफैंले नेताहरुसँगको छलफलबाट अब चुनावमा नउठ्ने मनस्थिति बनाए । त्यसपछि शुक्रबार गौतमको विषयमा अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाट थप स्पष्टीकरण दिएका हुन् ।

‘जहाँसम्म चर्चा चल्यो रामवीरको राजीनामा, बामदेव चुनाव लड्ने, केके हो केके यसमा तपाईहरु टेन्सन नलिनुस् । पार्टी छ, पार्टीले निर्णय गर्छ । अब अहिले त्यो लफडातिर हामी लाग्दैनौं,’ अध्यक्ष दाहालले भने, ‘बामदेवजीले म लड्लिनँ भन्नुभयो कुरा सक्कियो ।’

अध्यक्ष दाहालले सरकारका कामकारबाहीको बचाउ पनि गरेका छन् । शुक्रबारै पाटनमा भएको अर्को कार्यक्रममा दाहालले सरकारले हालसम्म गरेको उपलब्धिहरुको प्रशंसा गरे । उनले यो सरकारले नै विकास र समृद्धि ल्याउने भएकाले भरोसा गर्न आग्रह गरे । अस्थिरताको अन्त्यका लागि आफूहरुले पार्टी एकता गरेको उल्लेख गर्दै दाहालले अब विकास सुशासन दिने दाबी गरे । ‘यदि हामीले त्यसो गर्न सकेनौं भने, बहुमतको सरकार, पार्टी एकता, हिजो दुई पार्टी नभए अर्कोले गर्छ भन्ने हुन्थ्यो भने अब त्यो अवस्था रहँदैन,’ दाहालले भने, ‘देशभर जनताको ठूलो भरोसा र विश्वास छ ।’

LEAVE A REPLY