पोखरामा प्रिमियर लिग क्रिकेटको प्रारम्भ

0
255

आश्विन २६, २०७५

पोखरामा कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को रौनक बढ्दै गएको छ । प्रतियोगितामा नेपालका ६ टिम सहभागी हुनेछन् । क्विन्स इभेन्टसले आयोजना गर्न लमगेको पीपीएलमा प्रतिस्पर्धा गर्ने फ्रेन्चाइज टिममा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज तथा हुलास काठमाडौं रोयल्स छन् ।

प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । यो प्रतियोगिताका लागि टिमको स्वामित्व, मार्की खेलाडी तथा अक्सन मार्फत खेलाडी छनौट सम्पन्न भैसकेको छ । अहिले पीपीएलका लागि मैदान सहित पिच निर्माण भैरहेको छ । सबै टिमले आफ्नो मार्कर्ी खेलाडीमा राष्ट्रिय टिमका बहुचर्चित सदस्यलाई नियुक्त गरेका छन् भने अक्सन मार्फत ६९ खेलाडी छानिएका छन् । दुई सातामा दर्ता भएका १ सय ७८ खेलाडीबीच उक्त अक्सन सम्पन्न गरिएको थियो । पीपीएलका लागि एउटा टिमले न्यूनतम १५ खेलाडी तथा अधिकतम १८ खेलाडी आबद्ध गर्ने प्रावधान छ । जसमा एक जना मार्की, न्यूनतम १० जना अक्सन मार्फत २ जना स्थानीय तथा २ जना अन्तर्राष्ट्रिय खेलाडी रहन सक्छन् ।

 

LEAVE A REPLY