संघीय समाजवादी फोरमका दुई नेताको मृत्यु

0
164

आश्विन २६, २०७५ – मोरङको बेलबारी ४ बेतना सिमसार नजिक भएको दुर्घटनामा संघीय समाजवादी फोरमका स्थानीय दुई नेताको मृत्यु भएको छ । गएराति दुर्घटनामा फोरमको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष वर्णबहादुर राई र सहसचिव मनकुमार राई रहेको प्रहरीले जनाएको छ । बेलबारीबाट लक्ष्मीमार्गतिर जाने क्रममा को १२ प ९६८२ नम्बर मोटरसाइकललाई ना ५ ख १९२० नम्बर ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुबैलाई गम्भीर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY