२ वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको दावी

0
303

कार्तिक ११, २०७५ सरकारले आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य पुरा गर्ने आधार तयार भएको दावी गरेको छ । संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले भिजन ट्वान्टी–२० को लक्ष्य पूरा गर्न आवश्यक रणनीति र आधार बनिसकेको दावी गरेको हो । पर्यटकीय गन्तव्यको पहिचान र प्रर्वद्धन तथा सुचना प्रविधिको अधिकतम प्रयोग गर्दै आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउन सरकार सफल हुने मन्त्रालयका सचिव कृष्ण देवकोटाले बताउनुभयो । ऐतिहासिक सम्पदा र पर्यटकीय पूर्वाधारको निर्माण पनि सन्तोषजनक रहेको सचिव देवकोटाको भनाई छ । सरकारले पूर्वाधारको विकासको दावी गरिरहँदा अन्तराष्ट्रिय उडानका लागि विमानस्थलको एउटै विकल्प छ ।

 

LEAVE A REPLY