भैलो खेल्न निस्केका नुवाकोटका ५ किशोरीको सुर्खेतबाट उद्दार

0
406

कार्तिक २६, २०७५ तिहारमा देउसीभैलो खेल्न गएका नुवाकोटका पाँच जना किशोरीको ५ दिनपछि सुर्खेतबाट उद्दार गरिएको छ । लिखु गाउँपालिका–३ सूर्यमतीका ५ जना किशोरीलाई सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडानम्बर १२ छिञ्चुस्थित निर्मल बिकको घरबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उद्धार गरिएको हो । उनीहरु १३ देखि १६ वर्षका छन् । सविना थापामगर, सामना थापामगर, सम्झना थापामगर, रोमा थापामगर र सुजना तामाङ गत बुधबार साँझ सात बजेतिर भैलो खेल्न भनि घरबाट निस्केका थिए । उनीहरु सम्पर्कविहिन भएपछि अभिभावकले प्रहरी चौकी ढिकुरेमा जानकारी गराएका थिए । खोजतलासका क्रममा सुर्खेतको छिन्चु ईलाका प्रहरी कार्यालयले उनीहरुलाई भेरीगंगा न.पा.–१२ स्थित निर्मल वि.क.को घरको दोस्रो तल्लामा लुकाई राखिएको अवस्थामा फेला पारेको हो ।

LEAVE A REPLY