राप्रपासँग १५ दिन माग्यो राप्रपा प्रजातान्त्रिकले

0
319

कार्तिक २६, २०७५ राप्रपा र राप्रपा प्रजातान्त्रीक बीचको एकता प्रक्रिया लम्बिएको छ । अधिकांश सैद्धान्तिक बिषयमा सहमती भएको दावी सहित आज एकता घोषणा गर्ने तयारी भएपनि पूर्वसहमतिबाट प्रजातान्त्रिक पछि हटेपछि प्रक्रिया पछाडि धकेलिएको हो । राप्रपा प्रजातान्त्रीकले थप केहि समय माग गरेपछि एकता घोषणा १५ दिन पछि सरेको राप्रपाले बताएको छ । अन्तिम तयारीस्वरुप राप्रपा अध्यक्ष कमल थापाले प्रजातान्त्रीकका अध्यक्ष पशुपति शम्सेर राणासँग हिजो छलफल गर्नुभएको थियो । सो छलफलमा अध्यक्ष राणाले २ साताको समय मागेपछि आजका लागी तय गरिएको एकता घोषणा कार्यक्रम अन्तिम समयमा स्थगीत गरिएको हो । पार्टी नेतृत्व र एजेण्डागत हिसाबमा दुबै दलबीच सहमति भएपनि चुनाव चिन्ह ललायत बिषयमा सहमित हुन बांकी छ । राप्रपा श्रोतले भन्यो– तत्कालका लागी एकता कार्यक्रम स्थगीत भएपनि एकता प्रक्रिया केहि दिनमै टुंगीन्छ । हामी निरन्तर सम्बादमा छौ ।

LEAVE A REPLY