काँग्रेस नेता रामहरि खतिवडा स्वास्थ्य सुरक्षाका सामग्री लिएर ओखलढुंगा जादै

0
65

काठमाडौं, ३१ वैशाख । आजभोली आम नागरिकको दैनिकी फेरिएको छ । जो केही पनि घरबाट निस्कन डराउन छन् । देश भरिका जनताहरु घर भित्रै थुनिएका छन् । नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडा भने सुनसान काठमाडौका प्राय सबै मेडिकल स्टोरहरुमा कोरोना भाइरसको संक्रमणबाट जोगिने सामनाको एउटा लामो लिस्ट देखाँउछन् । मेडिकल स्टोरका मनिसहरुले भने यति धेरै समान छैन भन्ने जवाफ दिन्छन् । खतिवडा निराश हुदैनन् एक हप्ता लगाएर पनि केही सामन खरिद गरेरै छोडे । सरकारले कोरोना भाइरस बिरुद्ध लढ्न एक मात्रै विकल्पका रुपमा गत चैत्र ११ गते देखि अगामी जेठ ५ गतेसम्म देश लकडाउन गरेको छ । लकडाउन सगै खतिवडाको भने दौढधुप झन बढेको छ । पूर्व संसद खतिवडा लकडाउनकै बीच दास्रो पटक बैशाख ३१ गते काठमाण्डौबाट स्वास्थ्य सुरक्षाका सामग्री लिएर ओखलढंगा जादैछन् । उनले यस पटक ओखलढुंगाका लागि ४०० लिटर सेनिटाइजर किन्ने योजना बनाएका थिए । तर बल्लबल्ल २६० लिटर मात्रै सेनिटाइजर किन्न सफल भए । एउटै जिल्लामा एउटै व्यक्तिले यति धेरै सेनिटाइजार खरिद गरेपछि अरु व्यक्तीहरुलाई के दिने ? त्रिपुरेश्वरका एक मेडिकल स्टोरवालाले भने । खतिवडाले २६० लिटर सेनिटाइजर मात्रै होइन ५० लिटर किटनाशक क्लोरिन पनि किनेका छन् । किटनाशक औषधी छर्ने स्प्रे, तीन हजार सर्जिकल माक्स, १५० थान एन ९५ माक्स, फेस सेभर , पत्रकारहरुलाई ज्याकेट लगायत धेरै मेडिकल सामग्री खरिद गरे । यी समानहरु जेष्ठ १ गतेबाट ओखलढुंगा सबै स्थानीय तह मार्फत ७५ वटै वडासम्म पुग्ने छन् । जिल्ला प्रशासन कार्यालय , सुरक्षा निकाय , रेडक्रस, ओखलढुंगा कार्यरत पत्रकार लगायत संघ संस्थाहरुलाई पनि वितरण गरिने खतिवडाले बताए । लामो समयसम्म देश बन्दाबन्दी हुँदा जनताको जीवन कष्टकर छ । विपन्न तथा दैनिक ज्यालादारीका श्रमिकहरु भोकै छन् । दिनदिनै कोरोना संक्रमितहरुको सङख्या बढिरहको छ । सबै तिर त्रास छ । यस्तो समयमा पनि राज्यले समेत गर्न नसकेको कार्य नेपाली काँग्रेसका युवानेता रामहरि खतिवडाले गरिरहेका छन् ।

LEAVE A REPLY