अभिनेत्री श्वेता खड्का आमा बन्दै !

0
28

काठमाडौँ । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । पछिल्लो समय आफ्नो व्यापार व्यवसायमा ध्यान केन्द्रित गर्दै आएकी अभिनेत्री खड्का आमा बन्न लागेकी हुन् । पछिल्लो समय चलचित्र क्षेत्रमा खास सक्रियता नदेखाएकी उनले अहिले भने आफुलाई एक चलचित्रमा अनुबन्धित गरेकी छिन् । सोही चलचित्रमा उनी आमाको भूमीकामा देखिने जानकारी प्राप्त भएको छ ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ फिल्ममा श्वेताले आफुलाई अनुबन्धित गरेकी छन् तर यस फिल्ममा आफ्नो भूमिका उनी स्वयंमले भने खुलाउन चाहेकी छैनन् । तर, जानकारी अनुसार उनले फिल्ममा आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बुझिएको छ । फिल्मको कथा निर्देशक थापा स्वयंको हो ।

श्वेता भन्छिन्, ‘कथा राम्रो लागेपछि काम गर्नका लागि सहमति जनाएको हुँ । कोरोना महामारीपछि यही फिल्म गर्नेछु । यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्दैछु । अहिले कथामा काम हुँदैछ ।’

खड्कालाई यस फिल्ममा अनुबन्धित गर्नु पहिले निर्देशक थापाले श्वेतालाई अतिथी भूमिकाका लागि एउटा फिल्म अफर गरेका थिए । तर, उनले उक्त फिल्म गर्न अस्वीकार गरेपछि यमले नयाँ कथा सुनाएका बताइएको छ ।
डेब्यू फिल्म ‘कहाँ भेटिएला’ देखि लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक भिन्न भूमिकामा हेर्न निकै रोचक हुने देखिन्छ । उनी पनि फिल्मलाई लिएर उत्साहित छिन् ।

यता, निर्देशक यम थापाले बेनामे फिल्ममा छोरीको भूमिकामा बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोच बनाएका छन् । सेड्रिना अहिले झापामा भएका कारण कुरा अगाडि बढ्न नपाएको निर्देशक थापाले जानकारी दिए ।

LEAVE A REPLY