देउवा र प्रचण्ड–माधवबीच जबर्जस्त गठबन्धन

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै के अब सत्ता गठबन्धनको उपयोगिता र औचित्य पनि समाप्त भएको हो ?

यससँगै अब देउवा प्रचण्ड र माधवको मिलन कायम रहला कि बिछोड होला ? यहि प्रशन बौद्धिक वर्ग देखि आम कार्यकतामा अहिले चर्चाको विषय बनेको छ । 

यहि हुन्छ भनेर ठ्याक्कै भन्न सकिने स्थिति छैन । किनभने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन पछि पनि गठबन्धन रहने दाबी गरिरहेका छ्न । तर उनकै पार्टी भित्रका संस्थापन इतर समुहले गठबन्धन हुनुहुँदैन, भयो भने कांग्रेस संकटमा पर्ने बताइरहेका छ्न । अन्य पार्टी भने गठबन्धन कायमको झिनो आशा  बोकेर हिडिरहेका छ्न ।

यो गठबन्धनको सम्बन्ध स्थानीय तहको निर्वाचनले तय गर्ने राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईं बताउँछन् ।  ूआफू मेजर पार्टी भएर एकल सरकार बनाउन कांग्रेसले लक्ष्य राख्नेछ, उनले भने । जसले गर्दा कांग्रेस सिट बाडँफाडँ गर्न चाहाँदैन्न । जब निर्वाचन आउँछ तब गठबन्धन टुट्छ डा. चापागाईंले क्विक नेपालसँग भने । निर्वाचन वैशाखमा होस् या मंसिरमा, निर्वाचन पछि गठबन्धन टिक्दैन । किनभने निर्वाचनमा उम्मेदवार तोक्ने बेला सहमति हुन सक्दैन । पाँच दलिय गठबन्धनले उम्मेदवारी मिलाउन नसक्ने उनको दाबी छ । 

राष्ट्रिय सभा निर्वाचनलाई हेरौं
यसै बिचमा हिजो भएको राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन जुटेका माओवादी र माधव नेपालको पार्टी एकीकृत समाजवादीले राष्ट्रिय सभामा अनपेक्षित सिट पाएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चा र जसपाले पनि गच्छेअनुसारको भाग प्राप्त गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनसम्मका लागि भए पनि गठबन्धन जोगाउने धेरै कांग्रेसीहरुको प्रयत्न रह्यो । यही कारण उनीहरुले चुनाव आफ्नो पक्षमा पनि पारे । १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले १८ सिटमा जितेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले १ सिट मात्र जोगाउन सकेको छ । उसले ७ सिट गुमाएको छ । १ सिट मात्र जिते पनि एमाले राष्ट्रिय सभामा पहिलो दल भने कायम नै रहनेछ ।

देउवाको चित्कार ,एमालेलाई उत्सव
एमालेले प्रदेश १ मा एक सिट जिते पनि अन्य ६ प्रदेशमा पराजय भोग्यो । यसबाट गठबन्धनको मुख्य उद्देश्य पूरा भएको देखिन्छ । माधव नेपाल र प्रचण्डले एमाले र केपी शर्मा ओलीको सेखी झार्न पाएका छन् । कांग्रेस पनि आफ्नो मुख्य प्रतिस्पर्धी दललाई साइजमा राख्न सफल भएको छ ।

तर कांग्रेस यो गठबन्धनमा जति दिन धेरै बस्छ, उति नै बद्नाम हुँदै छ । माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादवजस्ता पञ्चमहाभूतको पूजा गर्दागर्दै प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको सम्पूर्ण साखलाई बलि चढाउँदै छन् । जुन राजनीतिक मूल्य र धरातलमा यो गठबन्धन बनेको थियो, त्यसैका विरूद्धमा गएर एकपछि अर्को कदम चाल्नका लागि देउवालाई शिखण्डी बनाइँदै छ ।

सुरुमा देउवालाई अध्यादेशको विरोध गर्ने आन्दोलनको नेता बनाएर बूढानीलकण्ठबाट घिसारेर मैदानमा उतारियो । पछि तिनै देउवाका हातबाट संविधान र कानुनको मूल मर्मकै चिरहरण गरेर निकै अधम प्रकृतिको अध्यादेश ल्याउन लगाइयो । अनि त्यो अध्यादेश माधव, प्रचण्ड र उपेन्द्रको उद्देश्य पूरा भएलगत्तै फिर्ता गरियो । अध्यादेश ल्याउँदा छँदाखाँदाको संसद अधिवेशन अन्त्य गरियो ।

यति मात्र होइन संसदलाई अकर्मण्य बनाउन देउवासहितका पञ्चमहाभूतहरुले नै अनेक खेलखण्ड गरे । अधिवेशनको मुखैमा दर्जनभन्दा बढी अध्यादेश जारी गरेकोदेखि संसदबाट पारित गर्न ठीक्क पारिएका अध्यादेश मन्त्रिपरिषदबाट फिर्ता गर्न लगाइयो । जुन संघीयता सञ्चालनका लागि अत्यावश्यक थिए ।

ूअब स्थानीय तहलाई विघटन गर्ने बाटोमा देउवा गइसकेका छन् । संसद विघटन गर्न प्रचण्डले सिफारिस गरिसकेका छन् । तर संघीय संसद विघटन गरेर मात्र उनलाई पुगेको छैन । प्रदेशलाई समेत यही घानमा पारेर सिध्याउन खोजिरहेका छन् । यति भएपछि संघीयता स्वाहा हुनेछ । 

यति मात्र होइन, यो सरकार भ्रष्टाचारको आहालमा छ । असंवैधानिक कामको पहाड बन्दै छ । तर सरकारका स्वेच्छाचारितामा लगाम लगाउनुपर्ने अदालतलाई हल न चलको अवस्थामा पुर्‍याइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई न विदा गर्न सक्ने । न त काम गर्ने वातावरण बनाइदिने । देउवालाई यस्तै न्यायालय चाहिएको र कांग्रेसको मूल्य मान्यता पनि यस्तै हो भने बेग्लै कुरा । होइन स्वतन्त्र र सक्षम न्यायपालिका चाहिन्छ भने देउवाको जस्तो अकर्मण्य, अनैतिक र अराजनीतिक सोच र शैली भएको नेतृत्वसँगै कांग्रेस पनि धूलीसात् हुँदै छ, नाम नखुलाउने सर्तमा कांग्रेसका एक नेताले क्विक नेपालसँग भने  ।

ूयही गठबन्धन जीवित रहेमा अब कांग्रेसलाई बीपी संग्रहालय जाँदा पनि भेट्न मुस्किल पर्नेछ । यस गठबन्धनको आयु जति धेरै दिन लम्बिन्छ, एमालेको जनमत बढ्दै जान्छ । कांग्रेसले स्थानीय तहको चुनाव सार्न र टार्न खोजेपछि देशभरिबाट कांग्रेसीहरूले नै नेतृत्वको निन्दा गर्न थालिसकेका छन् । अरू स्वतन्त्र जनमतले त झन् जयजयकार गर्ने कुरै छैन । अरू अलोकतान्त्रिक, भ्रष्ट र स्वेच्छाचारी कदम पनि बढ्दै जाँदा त्यसको लाभ पनि प्रतिपक्षी एमालेले उठाउँदै छ । तराईमा सीके राउतको उद्दण्डता त्यसै बढिरहेको छैन । त्यसलाई कांग्रेस नेतृत्वको गठबन्धनले नै मलजल गरिरहेको छ ।

यी सबै कुराले यस गठबन्धनको औचित्य समाप्त भएको देखाइसकेको छ । अब प्रचण्ड र माधवको लहैलहैमा नलागी देउवाले स्थानीय चुनावको मिति वैशाखभित्रैका लागि तोकेर जनतामा जाने निर्णय गर्नुपर्छ । आफू जित्ने चुनाव पनि पर धकेलेर अलोकप्रियता कमाउनु भनेको आफ्नै पार्टीविरुद्ध घात गर्नु पनि हो । त्यसैले फेरि पनि समयमै तीनै तहका निर्वाचन गराएर देउवाले विगतको दाग पखाल्ने साहसिक निर्णय गर्न सक्नुपर्छ । चुनावका लागि मरिहत्ते गरिरहेको एमालेजस्तो प्रतिपक्षी पाउनु देउवाका लागि अर्को अहोभाग्य हो, उनले क्विक नेपालसँग  भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.