तनावग्रस्त बानेश्वर, एमसीसी स्वाहा....(फोटोफिचर)

काठमाडौं । संसदमा एमसीसी प्रस्ताव टेबुल हुन लागेको विरोधमा विभिन्न राजनीतिक दलहरूले काठमाडौंका मुख्य सडकमा प्रर्दशन गरिरहेका छन् ।

यही क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघि एमसीसीको विरोधमा हवन गरिएको छ ।

त्यस्तै संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई चर्काएका छन् । 

चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धमा आन्दोलन गरिरहेको छ । आन्दोलन चरमउत्कर्षमा पुगेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । आज संसदमा एमसीसी पेश गर्ने भएपछि आन्दोलन झनै चर्किएको हो । 

तस्बिरः

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

© 2021 Quicknepal.com  |  All Rights Reserved.