पछिल्लो चौबिस घण्टामा थप ७८ जनामा कोरोना संक्रमण, २३ जना निको

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । 

कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो । 

स्वास्थ्य मन्त्रालयले बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरेको थियो । 

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २३ जना संक्रमित निको भएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.