थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर  ४७१ जना सक्रिय संक्रमित रहेका छन्  ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.