एकै दिन १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो  ।

मन्त्रालयका अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७७० जना सक्रिय संक्रमित रहेका छन्   । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.