म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । 

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे । 

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो ।

जितपछी ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसंगै युनाइटेड पुछारमा छ । 

यस्तै, गय राति नै भएको खेलमा  साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।

सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले  लेस्टर सिटीलाई ४-२ ले हरायो ।  

यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.