धादिङमा बसको ठक्करबाट २१ महिने बालकको मृत्यु 

काठमाडौं ।  धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन् । 

जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिदा बालक घाइते भएका थिए । 

घाइते बालकको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.