लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश 

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याएका हुन् । 

चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुन् । 

आगामी निर्वाचनमा सर्लाही(४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएको स्रोतले जनाएको छ । उक्त क्षेत्रबाट अमरेशकुमार सिंहले जितेका थिए । तर, यसपटक  सिंह सिफारिसमै परेका छैनन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.