झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

झापा ।  झापाको कन्काई नगरपालिका–३ कोटिहोम जंगलमा आज मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङको उर्लाबारी  नगरपालिका–४ बस्ने ५३ वर्षिय नागेन्द्र प्रसाद कोईराला रहेका छन् । 

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । 

को २५ प ४६ ५१ नम्बरको मोटरसाईकल आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.