ट्याक्सी र मोटरसाइकल ठक्कर खाँंदा एकजनाको मृत्यु

भक्तपुर ।  भक्तपुरको पुरानो थिमी बाहाखा बजार भीमसेन चोकमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा१ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा८३प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष ३१ का दिपेन्द्र पण्डित गम्भीर घाइते भई उपचारका लागि कोरियन अस्पताल थिमी पठाइएको थियो ।

प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएकोमा उपचारकै क्रममा आइतबार उनको निधन भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिई गई अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्याक्सी चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-१० बस्ने वर्ष ३९ का सुन्दर गोर्खाली वृत ठिमीको नियन्त्रणमा रहेको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.