एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ । 

आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन ९७ हजार सात सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.