महोत्तरी: दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी

महोत्तरी ।  महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी भएका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराए ।  

क्षेत्र नम्बर २ र ३ मा भने लोसपा विजयी भएको छ । क्षेत्र नम्बर ३ मा सरदसिंह भण्डारी र ३ मा महन्थ ठाकुर विजयी भएका हुन् । 
भण्डारीले निकटतम प्रतिस्पर्धी विजयकुमार सिंहलाई पराजित गरेका हुन् । ।

ठाकुरले जसपाका हरिनारायण यादवलाई १२ सय ५० मतान्तरले पराजित गरेका छन् ।

क्षेत्र नम्बर ४ को मतगणना भने जारी छ । यहाँ गठबन्धनबाट महेन्द्रकुमार राय र जसपाका सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.