१७१ जनामा कोरोना सङ्क्रमण, २ जनाकाे मृत्यु

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै सोही अवधिमा ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.