थप १०३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६२७ र एन्टिजेन विधिबाट १२९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

योसँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । यति बेला ५३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.