थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ७ सय १८ जनाको पिसिआर परीक्षण गर्दा २२ जना र १ हजार ५ सय ३८ जनाको एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २५२ पुगेको छ भने संस्थागत आइसाेलेसनमा २५ जना, आइसियूमा ११ जना छन् भने भेन्टिलेटरमा कुनै पनि बिरामी नभएको मन्त्रालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.