थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो । सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

१ हजार ३०१ जनाको नमुना परीक्षणका क्रममा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५० जना संक्रमणमुक् भएका मन्त्रालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.