मन्त्री गुरुङ र भारतीय समकक्षी मेघवालबिच नयाँ दिल्लीमा भेटवार्ता

नयाँ दिल्ली । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा  कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायतका विषयमा छलफल भएको हो । 

भारतीय कानुन तथा न्याय मन्त्री मेघवालले भेटबारे सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, ‘आज शास्त्री भवनस्थित कानुन तथा न्याय मन्त्रालयमा नेपालका कानुनमन्त्री श्री धनराज गुरुङसँग शिष्टाचार भेटवार्ता भएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.