कांग्रेस बहुदलीय प्रजातान्त्रिक पार्टी हो, गणतन्त्रवादी होइन ः अमात्य

काठमाडौं । पछिल्लो समय नेताहरुको गैरजिम्मेवारीपना, भ्रष्टाचारजन्य आचर र जनमुखी कार्य नगरेको, आफ्नो स्वार्थका लागि देश डुबाउन जस्तोसुकै कार्य गर्न पनि पछि नपर्ने नेताहरुका कारण जनताहरु निरास भई पछिल्लो समय नेपाल अधिराज्यभर गणतन्त्रको विकल्पको रुपमा राजालाई अगाडि सार्दै आन्दोलनहरु हुन थालेका छन् ।
नेपाली कांग्रेसले बाध्यात्मक परिस्थितिमा मात्र गणतन्त्रलाई बोके पनि कांग्रेस वास्तवमा गणतन्त्रवादी नभएको नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मदनबहादुर अमात्यले ललितपुरको एक कार्यक्रममा बताउनुभएको छ । यदि कांग्रेस गणतन्त्रवादी भएको भए २०४७ सालमै कांग्रेसले गणतन्त्रलाई बोक्ने थियो । वाध्यात्मक परिस्थितमा मात्र कांग्रेसले गणतन्त्रलाई बोकेको हो । नेपाली कांग्रेस संवैधानिक राजतन्त्रवादी हो । अब नेपाली कांग्रेस फर्किएर संवैधानिक राजतन्त्रमा आउनुपर्छ, यो अवसर नेपाली कांग्रेसलाई आएको छ, यो अवसर चुकाउन नहुनेसमेत उहाँले सो कार्यक्रममा बताउनुभएको थियो । 
सो कार्यक्रममा बोल्दै अमात्य भन्नुहुन्छ ‘राजधानीमा भइरहेको दुर्गा प्रसाईको आन्दोलनका कारण गणतन्त्रवादी कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला आँत्तिसकेका छन् । नेपाली कांग्रेस भने यस्तो आन्दोलनबाट नआत्तिएको र बाटो बिराएर गणतन्त्रवादीतर्फ उन्मुख भए पनि त्यसलाई सच्याएर बहुदलीय व्यवस्था र संवैधानिक राजसंस्थाका साथै धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र २०४७ सालको संविधानमा जे थियो त्यही मिटिङ प्वाइन्टमा कांग्रेस फर्किनुपर्छ ।’ 
‘नेपाली कांग्रेस भनेको देशको लागि, जनताको लागी काम गर्ने पार्टी हो । अहिलेको संविधानमा धेरै नै कमिकम्जोरीहरु छन् । यो संविधान सच्याउने ठाउँ नै छैन । हाम्रो मित्रराष्ट्र भारतमा हेर्नेहोस् सामान्य बहुमतले मात्रै पनि संविधान संसोधन गरिएको छ । तर, नेपालका संविधान संसोधन गर्ने अवस्था नै छैन । किनकि नेपालमा कुनै पनि पार्टीले दुई तिहाईको बहुमत ल्याउनै सक्दैन । संविधान भनेको ‘फ्याक्जीबल’ हुनुपर्छ । समय परिस्थिति अनुसार संविधान परिमार्जन गर्दै लैजानुपर्छ । तर नेपालको संविधान परिमार्जन र संसोधन गर्ने अबस्था नै छैन ।’ नेपाली कांग्रेस भनेको बहुदलीय प्रजातान्त्रिक पार्टी हो, गणतन्त्रवादी होइन । यो संविधानले बहुदललाई सिध्याउने काम गर्दैछ । अब नेपाली कांग्रेसका नेताहरु पनि सच्चिनुपर्ने बेला भइसकेको छ । अब नेपाली कांग्रेस कुन बाटोमा जानुपर्छ भन्ने विषयलाई लिएर अब म चाँडै नै मिडियामार्फत बताउनेछु । अब नेताहरुले बिराएको बाटोलाई छाड्नुपर्छ र सच्चिएर आउनुपर्छ ।
राजनीति भनेको आफ्नो लागि होइन राष्ट्र, जनता र प्रजातन्त्रलाई हेरेर गर्नुपर्छ । अब कांग्रेसले सरकार छाड्नुपर्छ, माओवादीलाई बोकेर सरकारमा बस्नु भनेको र तानाशाहीलाई स्वीकार्नु भनेको कांग्रेस आफैले आफैलाईं सुसाइट गर्नु हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.