इङ्ल्यान्डले वेस्ट इन्डिजलाई हराएपछि शृङ्खला रोचक मोडमा

एजेन्सी । इङ्ल्यान्डले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई ६ विकेटले हराएको छ । इङ्ल्यान्डको जितसँगै तीन एक दिवसीय खेलको शृङ्खला रोचक मोडमा पुगेको छ । यसअघि पहिलो एक दिवसीय खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो ।

शृंखलाको तेस्रो एक दिवसीय खेल शनिवार खेलिने छ । आईसीसी एक दिवसीय विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि इङ्ल्यान्डको क्रिकेट टोली अहिले वेस्ट इन्डिजको भ्रमणमा छ । दोस्रो दिवा(रात्रि खेलमा टस हारी ब्याटिङको निम्तो पाएको घरेलु टोली वेस्ट इन्डिजले ३९।४ ओभरमै अलआउट हुनुअघि दुई सय दुई रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली इङ्ल्यान्डले ३२।५ ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । इङ्ल्यान्डको जितमा विल ज्याक्सले ७३ रनको योगदान गरे । उनले ७२ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.