पिएसएलको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पिएसएल) टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन्। उनी ‘प्लाटिनम’ श्रेणीबाट ड्राफ्टमा छन्।‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा १ लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ। सन्दीप विदेशी खेलाडीका रूपमा पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा परेका हुन्।

सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन्। सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट पाकिस्तान सुपर लिग खेलेका थिए। पाकिस्तान सुपर लिगको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुने छ।पिएसएलमा सर्वाधिक खेलाडी रजिस्टर गर्नेमा इंग्ल्यान्डका सर्वाधिक अघि रह्यो। उसले १ सय ५८ खेलाडी रजिस्टर गरेको थियो। त्यस्तै, वेस्ट इन्डिजका ५८, श्रीलंकाका ४०, अफगानिस्तानका ३६, दक्षिण अफ्रिकाका ३०, बंगलादेशका २१, न्युजिल्यान्डका १८ अस्ट्रेलियाका १६ जिम्बाब्वेका ११ तथा आयरल्यान्डका ९ खेलाडी रहेका थिए। 

अन्य एसोसिएटेड देशले पनि खेलाडी रजिस्टर गरेका थिए।प्लाटिनम समूहमा सन्दीपसँगै अस्ट्रेलियाका ड्यानियल साम्स, एस्टन अगर, इङ्ल्यान्डका क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, टम कुर्रन, न्युजिल्यान्डका जेम्स निसाम, दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन, इमरान ताहिर, श्रीलंकाका महिस थिकसाना, दासुन सानका, वेस्ट इन्डिजका काइरन पोलार्ड, रोभमन पोवेल, रोमारियो सेफर्ड, ब्रान्डन किङ र कायले मायर्स पनि ‘ड्राफ्ट’ मा परेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.