प्रदेश-२को नाम ‘मधेश प्रदेश’ राखेको भन्दै सांसदहरुको पुत्ला दहन

काठमाडौं ।  प्रदेश-२को नाम मधेश प्रदेश राखेपछि सोको विरोधमा प्रदेश सांसदको पुत्ला दहन गरिएको छ ।

आन्दोलनकारीहरुले प्रदेशको नाम ‘मधेस’ राखिएको विरोधमा जनकपुरधाममा प्रदेश सांसदहरुको पुतला दहन गरेका हुन् । 

सोमबार मतदान प्रक्रियाबाट सो प्रदेशको नाम मधेश प्रदेश नामांकरण भएको छ ।

प्रदेशको नाम मधेश भएपछि सोको खुसियालीमा प्रदेश सरकारले मंगलबार सर्वजनिक बिदासमेत दिएको छ ।

तर, आन्दोलनकारीहरु प्रशासनको विरोधमा उत्रिएका हुन् ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.