रियल म्याड्रिडले एमबाप्पेलाई दियो जनवरी १५ सम्मको समय

काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेलाई क्लबमा भित्राउन फेरि चासो देखाएको छ । हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध रहेका यी फ्रान्सेली खेलाडीलाई क्लबमा आउन रियल म्याड्रिडले जनवरी १५ तारिखसम्मको समय दिएको छ ।

रियल म्याड्रिडले यसअघि पनि २४ वर्षीय एमबाप्पेलाई भित्राउन चाहेको थियो । पीएसजीसँगको एमबाप्पेको सम्झौता आगामी ‘समर’ मा सकिँदै छ । समाचारमा जनाइए अनुसार, त्यसअघि नै रियल म्याड्रिड एमबाप्पेबाट स्पष्ट प्रतिबद्धता चाहन्छ ।अर्कोतिर, पीएसजी पनि एमबाप्पेलाई क्लबमै राख्न चाहन्छ । पीएसजीले एमबाप्पेलाई सम्झौता नविकरणका लागि प्रस्ताव पनि राखिसकेको छ । 

तर, एमबाप्पे भने पीएसजी छाड्न चाहन्छन् । एमबाप्पे सन् २०१७ देखि लगातार पीएसजीबाट खेलिरहेका छन् ।आगामी जनवरी १५ तारिखसम्म एमबाप्पेले कुनै जवाफ नदिए रियल म्याड्रिड म्यानचेस्टर सिटीका २३ वर्षीय नर्वेजियन स्ट्राइकर अर्लिङ हल्यान्डलाई भित्राउने अभियानमा लाग्नेछ । एमबाप्पेले यो सिजन पीएसजीका लागि १५ गोल गरिसकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.