ट्रकको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

सोमबार चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दीपेन्द्र यादवको मृत्यु भएको हो ।

ट्यूसन पढ्न हिँडेका यादवलाई ना. ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.