ओलीप्रति लक्षित गर्दै भट्टराईले भने : टाउको उठाउन दिनुहुन्न,गठबन्धन कायम रहनुपर्छ

काठमाडौं । समाजवादीका नेता बाबुराम भट्टराईले नेकपा एमाले र केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन निस्तेज नभएसम्म गठबन्धन कायम रहनुपर्ने बताएका छन् । 

सोमबार एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् । ‘प्रतिगमन निस्तेज नभएसम्म गठबन्धन कायम रहनुपर्छ, फेरि टाउको उठाउन दिनुहुँदैन,’ उनले भने, ‘कम्तिमा चुनावसम्म गठबन्धन कायमै राख्नुपर्छ ।

सो क्रममा उनले ओलीलाई रोके पनि अझै प्रतिगमनको खतरा रहेको बताए । 

उनले एमसिसीमा पनि राष्ट्रिय सहमति कायम राख्दै गठबन्धन पनि चुनावसम्म कायम राख्नुपर्ने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.