प्रदेश सिंहदरबारलाई नसोधी किन छापा मारियो : मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विषयलाई लिएर मुख्यमन्त्री लालबाबु राउतले आक्रोश व्यक्त गरेका छन् ।

राउतले ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर प्रदेश सरकारको बदनाम गरेको भन्दै राउत आक्रोश व्यक्त गरेका हुन् । 

प्रदेशसभाको वैठकमा बोल्दै मुख्यमन्त्री राउतले यस विषयमा स्पष्टीकरण दिन लामै समय खर्चिएका थिए । मुख्यमन्त्री कार्यालयलाई ‘प्रदेशको सिंहदरबार’ संज्ञा दिँदै उनले आफूलाई नसोधी अख्तियारले कारवाही गर्न नसक्ने दाबी गरे । उनले प्रदेश सरकार सिंहदरबार  भएको बताउँदै आफूलाई नसोधी  अख्तियार प्रवेश गरेको उनको भनाइ छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.