अर्ली इलेक्सन सम्भव छैन : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन् ।

पार्टी सभापति देउवाले गृह प्रदेशमा गठबन्धनले चाहे अर्ली इलेक्सन हुन सक्ने बताएको भोलिपल्ट धनगढी पुगेका वरिष्ठ नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाे बताएका हुन् । 

पौडेल सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि गएका हुन् । उनले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । यस क्रममा पौडेलले संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.