नुवाकाेट। नेकपा एमालेकाे आज देशैभर वडा अधिवेशन भइरहेको छ ।
वडाअधिवेशन सम्पन्न गर्ने पहिलो गाउँपालिका ककनी रहेको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिकाले आठ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ ।
ककनी गाउँपालिकाका आठ वडामा सर्वसम्मत पदाधिकारी चयन भएको नेकपा एमाले ककनी गाउँपालिका कमिटीका सचिव योगेन्द्र तामाङले बताए ।
सबै वडा कमिटीमा ३३ प्रतिशत महिला निर्वाचित भएकाे तामाङले बताए ।
वडाअधिवेशनमा वडा न. १ मा विक्रम श्रेष्ठ, वडा नं. २ मा प्रेम तामाङ, वडा नं. ३ मा हरिहर ढुंगाना, वडा न. ४ मा पद्मा लामा, वडा न. ५ मा लीला तामाङ, वडा नं. ६ मा दक्षदेव पाठक, वडा ७ मा पुष्कर बोगटी र वडा न. ८ मा पूर्णलाल श्रेष्ठ अध्यक्ष सर्वसम्मत चयन भएका छन् । अधिवेशनले सबै वडामा उपाध्यक्ष, सचिव र दुई उपसचिव सर्वसम्मत निर्वाचित गरेकाे छ ।
सबै वडामा पदाधिकारी सर्वसम्मत चयन भएको नुवाकोट जिल्ला कमिीटका सचिवालय सदस्य तथा ककनी इन्चार्ज चन्द्रबहादुर बलामीले बताए ।
बागमती प्रदेश संगठन कमिटीका सदस्य एवं नुवाकोट जिल्ला कमिटीका कोषाध्यक्ष काशिराज अधिकारीको प्रमुख अतिथ्यमा वडाअधिवेशन संचालन भएको इन्चार्ज बलामीले बताए ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेलगतै निर्वाचित पदाधिकारी बसेर सुन्ने र बाँकी कार्यक्रम समापन गर्ने ककनी गाउँ संगठन कमिटीका अध्यक्ष जनार्दन अधिकारीले बताएका छन् ।
एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।
यसैका लागि एमालेले आज वडाअधिवेशन र ९ कात्तितकमा सात सय ५३ स्थानीय तहको अधिवेशन सम्पन्न गर्दै छ । बाढीपहिरो प्रभावित स्थानीय तहमा भने कातिक २५ सम्म अधिवेशन गर्ने एमालेकाे कार्यतालिका छ ।