काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा नेपालबाट ४ करोड रुपैयाँको अगरबत्ती निर्यात जनाएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउन–मङ्सिरसम्म उक्त मूल्यबराबरको ५ लाख ६५ हजार किलो अगरबत्ती निर्यात भएको अगरबत्ती निर्यात भएको हो ।
विभागका अनुसार नेपालबाट युरोप, अमेरिका मुलुकमा अगरबत्ती निर्यात हुने गरेको छ । यस अवधिमा सबैभन्दा धेरै स्पेनमा ५९ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ ।
यसपछि, ताइवानमा ३४ लाखको, रसियामा ३० लाखको, फ्रान्समा २८ लाखको र जर्मनीमा २६ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । यस्तै, चिलीमा १८ लाख र चीनमा १४ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ भने दक्षिण कोरियामा १३ लाखको र लिथुनियामा ११ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको विभागले जानकारी दिएको छ । यी, बाहेकका अन्य मुलुकमा समेत अगरबत्ती निर्यात हुने गरेको छ ।