नेपालमा थप ३८२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा ३४२ जना र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ५९४ जनाको मृत्यु भइसकेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.