पूर्वप्रधानमन्त्री नेपालको हातबाट सक्सेस अचिभर्स अवार्ड २०२१ प्रदान

काठमाडौं । समाजका विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेकाहरु सक्सेस अवार्ड २०२१ बाट सम्मानित भएका छन् ।

विभिन्न सामाजिक संघ सस्थाको सद्भावना राजदूत भएर र केही सस्थामार्फत् आफ्नै पहलमा समाजमा दिएको योगदानको कदरस्वरुप अनुजा मिडियाले सक्सेस अचिभर्ष अवार्ड २०२१ बाट सम्मान गरेकको हो ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको हात बाट सम्मान-पत्र र अवार्ड प्रदान गरेको गरिएको थियो।  

सम्मान पाउनेमा र्‍यापर तथा समाजसेवी निर्णय श्रेष्ठ पनि छन् । समाजका लागि राम्रो कामबापत उनले सक्सेस अचिभर्स अवार्ड २०२१ प्राप्त गरेका हुन् । 

सांगीतिक क्षेत्रमा विभिन्न अवार्डसमेत जितेका गायक निर्णय श्रेष्ठले विगत २५ वर्षदेखि गायनको अलावा सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएका छन्।

उक्त अवार्ड समाजका विभिन्न क्षेत्र मा सफलता हात पारेका र समाजमा योगदान दिएका अन्य १३लाई पनि प्रदान गरिएको छ । 

सम्मानित हुनेमा नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल,  शिक्षाविद् डाक्टर राजेन्द्र केसी, चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र न्यौपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन वेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदूषि राणा, वरिष्ठ पत्रकार ऋषि धमला, व्यवसायी तथा समाजसेवी रामशरण बस्नेतलगायत छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.