काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा कुल ७ हजार ६३१ नमुना परिक्षण गरिएको थियो । जसमध्ये ५ हजार ९६२ आरटी पीसीआर परिक्षण गर्दा २१३ र एन्टीजेन परिक्षणबाट ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज मृत्यु भएको २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मुल ११ हजार ५९६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका २१६ सहित नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९७१ पुगेको छ ।