काठमाडौं । एप्पलको बजार पुँजी तीन ट्रिलियन डलर पुगेको छ। जुन हालसम्मकै सबैभन्दा धेरै हाे।
२००७ यता साे कम्पनीकाे शेयरमूल्य ५,८०० प्रतिशतले बढेपछि सो कम्पनीको पुँजी तीन ट्रिलियन पुगेको छ ।
सोमबार दिउँसोसम्ममा ३ प्रतिशतको वृद्धिका साथ १८२.८८ डलरमा कारोबार भएकाे साे कम्पनीकाे शेयर अन्तिम काराेबारसम्ममा घटेर २.९९ ट्रिलियन डलरमा झरेकाे छ।
अक्टोबरपछि कम्पनीले अहिलेसम्म आफ्नो बजार पुँजीकरणमा करिब ७०० बिलियन डलर थपेको छ।
कोरोना महामारीबिच पनि आईफोन निर्माता कम्पनीको शेयरमूल्या निरन्तर बढिरहेको छ। कम्पनीलाई नाफा सबैभन्दा धेरै लकडाउनको समयमा भएको थियो किनकी शिक्षा, मनोरन्जनका लागि फोन, ट्याबलगायत उपकरणको माग धेरै छ।
सन् १९७६ मा सुरुवात भएको एप्पलले अगस्ट २०१८ मा एक ट्रिलियनका डलरको स्तर छोएको थियो।
यो उपलब्धि पाउन एप्पलले ४२ वर्षको लामो समय कुर्नु परेको थियो।