बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक बढेको छ । यस दिन नेप्से परिसूचक चार कारोबार दिनमा १६०.९६ अंक बढेको हो।

नेप्से परिसूचक ६३.०१ अंक बढेर २६७९.९५ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स १५.८५ अंक, फ्लोट इण्डेक्स ५.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.२८ अंक बढेको छ।

आज चार अर्ब ३२ करोड २ लाखबराबरको ९१ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार तीन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ग्लोबल आइएमई बैंक, किसान लघुवित्त, मल्टीपर्पस फाइनान्स, फस्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन कुनै पनि कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन।

© 2021 Quicknepal.com  |  All Rights Reserved.