कोरोना भाइरसका कारण यी डाइरेक्टरकाे करियर बर्बाद, हरेक महिना लाखौंकाे घाटा

काठमाडौं  । सम्पूर्ण देशमा कोरोना भाइरसका कारण हालत एक पटक फेरि बिग्रिँदै गइरहेको देखिन्छ ।

यसको प्रभाव इन्डियन इन्टरटेन्मेन्ट  उद्योगका  साथै डाइरेक्टरमा पनि परिरहेको छ ।

हालैमा कोरोना भाइरसको बढ्दो कहरका कारण कयौं डाइरेक्टरले आफ्नो फिल्मको रिलिजमा रोक लगाएका छन् ।

त्यसैगरी केही डाइरेक्टरले कोरोनाकै कारण फिल्मलाइ पूरा गर्न सकिरहेका छैनन् ।  

आउनुहोस् हेरौँ पूरा लिस्ट....

अली अब्बास जफर
अली अब्बास जफर उद्योगका उत्कृस्ट डाइरेक्टर मध्य एक हुन् । रिपोर्टका अनुसार अली कयौं प्रोजेक्टलाई लिएर चर्चामा आइरहेका हुन्छन् ।  तर, पछिल्लो समय कोरोनाका कारण उनका सबै प्रोजेक्ट पूरा हुन सकिरहेका छैनन् । 

करण जाेहर
कोरोना भाइरसका कारण नोक्सान भएपछि करण जोहरले कयौं प्रोजेक्टलाई होल्डमा राखेका छन् ।

यसमा उनकाे ड्रिम प्रोजेक्ट 'तख्त' पनि छ । त्यही उनको ब्यानरमुनि बनिरहेको फिल्म 'ब्रह्मास्त्र' पनि लामो समयदेखि होल्डमा छ ।

हाल उनी 'रॉकी और रानी की प्रेम कहानी' को निर्देशन गरिरहेका छन् ।

करण मल्होत्रा
करण मल्होत्राको 'शमशेर'मा लामो समयदेखि काम चलिरहेको छ । कोरोना भाइरसका कारणले फिल्मको रिलिज र  सुटिङमा निकै असर परेको छ । फिल्ममा रणवीर कपूर लिड रोलमा देखिनेछन् ।

रोहित शेट्टी
रोहित शेट्टीले पनि लामो समयसम्म 'सूर्यवंशी'को  रिलिज पनि कोरोनाका कारण होल्डमा राखेका थिए । रोहितलाई निकै घाटा पनि भएको थियो ।

यस फिल्ममा अक्षय कुमार र कट्रिना कैफ लिड रोलमा देखिएका थिए । यसबाहेक रोहित शेट्टीको 'सिंघम-4','गोलमाल-4' र 'सर्कस' पनि रोकिएका छन् । 

संजय लीला भंसाली
संजय लीला भंसालीको आगामी फिल्म 'गंगुबाई काठियावाडी' पनि लामो समयदेखि रोकिएकाे छ। केही महिनाअघि कोरोनाका कारण यसको सेट पनि बर्बाद भएको थियो ।  जसका कारण निर्मातालाई निकै घाटा लागेको थियो । यस फिल्ममा आलिया भट्ट लिड रोलमा देखिनेछिन् ।  

एसएस राजामौली
एसएस राजामौलीको आगामी फिल्म 'आरआरआर' यस हप्ता ७ जनवरीमा रिलिज हुने थियो । रिपोर्टका अनुसार कोरोनाकै कारणले फिल्मलाइ टाल्नु परिरहेको छ ।

फिल्मको रिलिजलाई होल्डमा राखेपछि निर्मातालाई करोडौँको घाटा भइसकेको छ । फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा देख्न पाइने भएको छ । 

राजकुमार हिरानी
'संजू' पछि राजकुमार हिरानीले कुनै पनि फिल्म डाइरेक्ट गरेका छैनन् । उनको आगामी फिल्म शाहरुख खानसँग हुनेछ । रिपोर्टका अनुसार यो फिल्म लामो समयदेखि रोकिएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.