बढ्याे काेराेना संक्रमितकाे संख्या, एकैदिन ५४० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पिसिआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका ५४० जना सहित नेपालमा हाल सक्रिय कोरोना संक्रमितको ५ हजार ४३१ जना पुगेको छ। यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.