पेप ग्वार्डिओलालाई कोरोना

काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई कोभिड१९ संक्रमण भएको छ ।

बिहीबार म्यानचेस्टरले आफ्ना  ५० वर्षीय स्पेनिस प्रशिक्षक  ग्वार्डिओलालाई कोरोना पोजेटिभ भएको जनाएको हो । 

योसँगै सिटीको पहिलो टिमका ७ जनालाई कोरोना देखिएको छ । संक्रमित  सबै आइसोलेसनमा रहेको सिटीले जनाएको छ ।

जारी प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा रहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.