काठमाडौं । खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडान प्रभावित भएका छन् ।
त्रिभुवन विमानस्थल (टिआइए) का अनुसार आइतबार बिहान देखिनै केही त राई क्षेत्रका एयरपोर्टहरु (विमानस्थल) मा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् ।
टिआइएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार विमानस्थलमा बाक्लो हुस्सुका कारण खुल्न सकेका छैनन् ।
यद्यपि, ततत् गन्तव्यमा जाने कति उडान प्रभावित भएको भन्ने हालसम्म जानकारी नआएको उनले बताए ।
तर, यता अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या नरहेको प्रवक्ता सिटौंलाले जानकारी दिए ।